Budhigandaki Hydroelectric Project Development Committee  
 

News and Events

 

६ चैत २०७१

माननीय ऊर्जा मन्त्री राधा ज्ञवालीज्यू लगायत गोरखा तथा धादिङ जिल्लाका माननीय सभासदहरु मा. श्री चिन काजी श्रेष्ठ, मा.श्री राजेन्द्र पाण्डे, मा. श्री कमला पन्त, मा. श्री दिलमान पाख्रीन, मा. श्री गुरु प्रसाद बुर्लाकोटी, मा. श्री कृष्ण धिताल, मा. श्री धन बहादुर घले, मा. श्री आशा कोइराला, मा. श्री पशुराम तामाङ, बूढीगण्डकी जलविद्युत विकास समितिका अध्यक्ष डा. लक्ष्मी प्रसाद देवकोटा, बूढीगण्डकी जलविद्युत विकास समितिका सदस्य श्री सुरेश मरहठ्ठा, नेपाल सरकार उर्जा मन्त्रालयका सचिव श्री राजेन्द्र किशोर क्षेत्री, सहसचिव श्री केशवध्वज अधिकारी, बूढीगण्डकी जलविद्युत विकास समितिका कार्यकारी निर्देशक श्री गोपाल बस्नेत लगायत गोरखा तथा धादिङ जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु, स्थानिय सरोकारवालाहरु समेतको उपस्थितिमा यहि २०७१ साल चैत्र ६ गते बूढीगण्डकी जलविद्युत विकास समितिको Dam Site देखि डुवान क्षेत्रको स्थलगत, निरिक्षण भ्रमण सम्पन्न भयो । उक्त भ्रमणको सिलसिलामा डुवान क्षेत्रको जनताको मनोभावना बुझ्न डुवान क्षेत्रको गोरखा र धादिङ जिल्लामा पर्ने आरुघाटको श्री भिमोदय उच्च मा.वि.को प्राङगणमा आयोजित 'वृहत अन्तरक्रिया ' कार्यक्रम समेत सञ्चालन गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने हजारौ स्थानिय सरोकरवालाहरुको तर्फबाट गोरखा तथा धादिङ जिल्लाका सरोकार समितिका अध्यक्षहरुले लिखित तथा मौखिक रुपमा आ-आफ्ना मागहरु एवं सुझावहरु प्रस्तुत गर्नु भयो । त्यसैगरी उपस्थित सबै सभासदज्यूहरुले आ-आफ्नो मन्तव्य राख्दै परियोजनालाई सहयोग गर्ने प्रतिवध्दता जनाउनु भएको थियो । त्यसपछि माननीय मन्त्रीज्यूले उपस्थित जनसमुदायहरुलाई सम्बोधन गर्दै यस परियोजना आफ्नै कार्यकालमा निर्माण कार्य आरम्भ गर्ने अठोट व्यक्त गर्दै परियोजनाका डुवान क्षेत्रमा पर्ने सम्पूर्ण दाजुभाई दिदीवहिनीहरुबाट आफुले पाएको आतिथ्यता र स्नेह प्रति आफु भाव विभोर भएको कुरा व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्ष डा.लक्ष्मी प्रसाद देवकोटाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यकारी निर्देशक श्री गोपाल बस्नेत तथा जनसम्पर्क अधिकारी श्री गणेश कुमार श्रेष्ठले गर्नु भएको थियो ।

 

१९ भदौ २०७१

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा, इन्जिनियरिङ्ग प्रमुख गोपाल बहादुर बस्नेत, जियोलिजी शाखा प्रमुख श्री चूर्ण बहादुर ओली र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्कीको टोलीले आयोजनाको मासिक अनुगमन भ्रमण सम्पन्न गर्नु भयो। भ्रमणका क्रममा टोलीले Plate Jacking Tests प्रक्रियाको अवलोकन सहित परामर्शदाताबाट अन्य जानकारी लिनुभयो ।

 

१६-१७ भदौ २०७१

विकास समितिका सचिव श्री नूतन प्रकाश शर्मा, इन्जिनुरिङ्ग प्रमुख गोपाल बहादुर बस्नेत र जियोलिजी शाखा प्रमुख श्री चूर्ण बहादुर ओली ज्यूको टोलीले आयोजनास्थल मा भैरहेको कार्यहरुको Inspection, Work Measurement र Seismic Refraction Survey Inspection सहित परामर्शदाताबाट अन्य थप जानकारी लिनुभयो ।

 

२९ साउन २०७१

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा, समिति सचिव श्री नूतन प्रकाश शर्मा र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्कीले आयोजनाको मासिक अनुगमन भ्रमण सम्पन्न गर्नु भयो। भ्रमणका क्रममा अध्यक्षज्यूले Plate Jacking Tests को तयारी बारे परामर्शदाताबाट जानकारी लिनुभयो ।

 

२८ असार २०७१

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्कीले आयोजनाको मासिक अनुगमन भ्रमण सम्पन्न गर्नु भयो। भ्रमणका क्रममा अध्यक्षज्यूले हाल भैरहेको Sediment Tests, Test Adits, Enlargements, Plate Load Tests र Seismic Refraction Tomography बारे परामर्शदाताबाट जानकारी लिनुभयो ।

 

६ असार २०७१

विकास समितिका लागि आवश्यक जग्गा प्राप्तिको लागि गोरखा जिल्ला का प्रमुख जिल्ला अधिकारी श्री वेद प्रसाद खरेल, स्थानिय विकास अधिकारी श्री महेश बराल, मालपोत अधिकृत श्री रघुनाथ फुयाल, नापी अधिकृत श्री शुदर्शन सिंह धामी, समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा, सचिव श्री नूतन प्रकाश शर्मा, लेखा प्रमुख श्री हिरा गिरी र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्की सहितको टोलीले आयोजनास्थल सिउरेनिटार, घ्यालचोक मा अवलोकन तथा निरीक्षण कार्य सम्पन्न।

 

२८ जेठ २०७१

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा आयोजनाको मासिक अनुगमन तथा मूल्याकंण भ्रमण गर्नु भयो । भ्रमणका क्रममा अध्यक्षज्यूले Test Adit Tunnel (GRH) मा भइरहेको कामहरूको निरिक्षण गर्नुभयो ।

 

८-१३ वैशाख २०७१

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटा, ईन्जिनियरिगं विभाग प्रमुख सि.डि.ई. श्री गोपाल बस्नेत, लेखा प्रमुख श्री हिरा गिरी र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्की सहितको टोलीले डुबान क्षेत्रका विभिन्न गा.वि.स. का ५ स्थानमा जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया सम्पन्न गरिए । सोही क्रममा माननिय सभासद श्री गुरू प्रसाद बुर्लाकोटीज्यूले पनि Dam Site मा सम्पन्न भएका कामहरूको निरिक्षण गर्नुभयो ।

 

२१-२३ चैत २०७०

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू, समितिका सचिव सि.डि.ई. श्री नूतन प्रकाश शर्मा, सि.डि.ई. श्री रमेश रत्न स्थापित र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्की सहितको टोलीले आयोजनाको लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउने हेतुले गोरखा जिल्ला का प्रमुख जिल्ला अधिकारीज्यू र सिउरेनिटारका जग्गाधनीहरुसगँ प्रारम्भिक छलफल सहित आयोजनाको मासिक अनुगमन भ्रमण सम्पन्न भयो।

 

March 23, 2014

Selection of Option 1
We have selected Option 1(Power House in the Dam Toe or outside close to the Dam) with the recommended FSL-540 masl and Design Discharge-350m3/s for 2nd Phase Study.

 

March 3, 2014

TRACTEBEL Engineering SA France submits Phase1: Design Concept Report and Investigations Report to the Committee.

 

८-९ फाल्गुण २०७०

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यूको टोलीले आयोजनाको मासिक सुपरिवेक्षण तथा अनुगमन भ्रमण सम्पन्न गर्‌यो ।

 

१६-१७ माघ २०७०

विकास समितिका ईञ्जिनियरिङ्गर विभाग प्रमुख श्री गोपाल बस्नेत, जियोलोजी शाखा प्रमुख श्री चुर्ण बहादुर ओली तथा सर्भे ईन्जिनियर श्री खिमलाल गौतमको टोलीले आयोजनाको Dam Site, Tunnel Alignment, Power House Site को स्थलगत निरीक्षण भ्रमण सम्पन्न गरि प्रतिवेदन पेश गर्‌यो ।

 

१०-११ माघ २०७०

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू, सि.डि.ई. श्री रमेशरत्न स्थापित, स्वकीय सचिव श्री मिलन कार्की, लेखा प्रमुख श्री हिरा गिरि, ईन्जिनियर श्री हरि बहादुर खत्री तथा जलबिद्यूत क्षेत्रसगं सम्बद्ध दश जना पत्रकारको टोलीले आयोजनास्थलको अवलोकण भ्रमण सम्पन्न गर्‌यो । भ्रमण पश्चात ति पत्रकारहरु आबद्ध सञ्चार माध्यम मार्फत विभिन्न जनचेतना एवं सूचनामूलक सामाग्री हरु प्रेषित गरिए ।

 

२८ पौष २०७०

विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू, सदस्य श्री सुरेश मरहट्ठा र अध्यक्षज्यूका स्वकीय सचिव श्री मिलन कार्की सहितको टोलीले आयोजनाको सुपरिवेक्षण तथा अनुगमन गरि नेपाल सरकारलाई प्रतिवेदन बुझायो।

 

२५ कार्तिक २०७०

बुढीगण्डकी जलविधुत् आयोजना विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू, सदस्य श्री सुरेश मरहट्ठा र श्रीमान अध्यक्षज्यू का स्वकीय सचिव श्री मिलन कार्की सहितको टोली द्वारा फुजेल र दरबून्ग गा. वि. स. का स्थानहरु मा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरियो ।

 

२४ कार्तिक २०७०

बुढीगण्डकी जलविधुत् आयोजना विकास समिति, नेपाल बिद्युत प्राधिकरण र TRACTEBEL Engineering S.A. France का बीच TRIPARTITE TRANSFER AND ASSUMPTION AGREEMENT सम्पन्न भयो ।

 

१३ कार्तिक २०७०

बुढीगण्डकी जलविधुत् आयोजना ने. वि. प्रा. बाट बुढीगण्डकी जलविधुत् आयोजना विकास समितिमा हस्तान्तरण गरियो ।

 

२४ असोज २०७०

बुढीगण्डकी जलविधुत् आयोजना विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाज्यू बाट समितिको साइट कार्यालय उद्‌घाटन सम्पन्न भयो ।

 

२३ असोज २०७०

बुढीगण्डकी जलविधुत् आयोजना बिषयक प्राविधिक परामर्श कार्यशाला गोष्ठी सम्पन्न भयो ।

 

सरोकारवालाहरुसंगको अन्तरक्रिया तथा छलफल

(अ) अन्तरक्रिया तथा छलफलका उद्देश्यहरु

1. आयोजनाको जानकारी गराउने तथा सुझाव संकलन गर्ने ।
2. आयोजनाको पक्षमा जनमत तयार पार्ने ।

(आ) अन्तरक्रिया तथा छलफल प्रकार
1. सरकारी भेटघाटः केन्द्रीय तथा स्थानीय स्तर।
2. राजनीतिक भेटघाटः केन्द्रीय तथा स्थानीय तह।
3. सुरक्षा निकायसंगः केन्द्रीय तथा स्थानीय तह।
4. आयोजना स्थलका जनतासंगको भेटघाटः गोरखा र धादिङ।

1. सरकारी भेटघाट
1.1 अन्तरिम मन्त्रीपरिषदका सम्माननीय अध्यक्षः श्री खिलराज रेग्मी
(आयोजनाको छोटो जानकारी, समस्या र चुनौतीहरु र सरकारसंगका अपेक्षा, समितिले गरेको कामको संक्षिप्त विवरण सहितको प्रस्तुतीकरण) स्थानः प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार, २ पटक (गरिएको प्रस्तुतीकरण अनुसूची ९ मा राखिएिको छ)

1.2 माननीय उर्जा मन्त्रीः श्री उमाकान्त झा
आयोजनाको छोटो जानकारी, समस्या र चुनौतीहरु र सरकारसंगका अपेक्षा, समितिले गरेको कामको संक्षिप्त विवरण सहितको प्रस्तुतीकरण) स्थानः मन्त्रालयमा २ पटक, मन्त्रीनिवासः २ पटक

1.3 माननीय अर्थ मन्त्रीः श्री शंकर प्र. कोइराला
आयोजनाको छोटो जानकारी, समस्या र चुनौतीहरु र सरकारसंगका अपेक्षा, समितिले गरेको कामको संक्षिप्त विवरण स्थानः मन्त्रीनिवासः २ पटक

1.4 माननीय पर्यटन मन्त्रीः श्री राम कु. श्रेष्ठ
आयोजनाको छोटो जानकारी, समस्या र चुनौतीहरु र सरकारसंगका अपेक्षा, समितिले गरेको कामको संक्षिप्त विवरण स्थानः निवासः १ पटक

1.5 श्रीमान् मुख्य सचिवः
आयोजनाको छोटो जानकारी, समस्या र चुनौतीहरु र सरकारसंगका अपेक्षा, समितिले गरेको कामको संक्षिप्त विवरण स्थानः मुख्य सचिवज्यूको कार्यालयः आवश्यकता अनुसार पटकपटक

1.6 श्रीमान् उर्जा सचिव
स्थानः सचिवज्यूको कार्यालयः आवश्यकता अनुसार पटकपटक

1.7 श्रीमान् अर्थ सचिव
स्थानः सचिवज्यूको कार्यालयः आवश्यकता अनुसार पटकपटक

1.8 प्रमुख जिल्ला अधिकारी, स्थाननीय विकास अधिकारी
धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु स्थानिय विकास अधिकारीज्यूहरु र सुरक्षा निकायका पदाधिकारीहरु सगँ छलफल र परामर्श । स्थानः गोरखा जिल्ला १ पटक (अनुसुची १०) धादिङ जिल्ला १ पटक (अनुसुची ११)

2. राजनीतिक भेटघाट
2.1 केन्द्रिय स्तर
एकिकृत नेकपा माओवादी
नेपाली काग्रेस
नेकपा एमाले
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
रष्ट्रिय प्रजातन्त्र पार्टी
नेकपा माओवादी

2.2 स्थानीय तहः गोरखा र धादिङ
एनेकपा माओवादी, ने.का, एमाले, नेकपा माओवादी

3. सुरक्षा निकायका प्रमुखहरु
3.1 केन्द्रीय तह
सशस्त्र प्रहरी – सशस्त्र प्रहरी महानिरीक्षक
नेपाल प्रहरी– प्रहरी महानिरीक्षक

3.2 स्थानीय तह
नेपाली सेना, धादिङ
सशस्त्र प्रहरी, गोरखा र धादिङ
नेपाल प्रहरी, गोरखा र धादिङ

4. स्थानीय जनता
प्रभावित क्षेत्रका जनताको राय सुझाव र सरोकारका विषयहरु बुभm्ने क्रममा समितिका अध्यक्ष श्री डा. लक्ष्मी प्र. देवकोटाज्यू र सदस्य श्री सुरेश मरहट्टाज्यू सहितको प्रतिनिधि मण्डलले २०७० ज्येष्ठ ९ गते देखि ११ गते सम्म गोरखा र धादिङ्ग जिल्लाका विभिन्न क्षेत्रहरुको भ्रमण गरी चार सय भन्दा बढी व्यक्तिहरुसँग अन्तरक्रियात्मक छलफल सम्पन्न गर्‌यो ।

 

News & Events

 

 

 

 

 

 

 

 
 
   
 
© Budhigandaki Hydroelectric Project Development Committee. All rights reserved.   |   Powered by : Weboo Art